citizens life insurance long ad
stcnepal long ad

लक्ष्मी सनराइज बैंकको नाफामा आकर्षक वृद्धि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी सनराइज बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा खुद नाफामा आकर्षक वृद्धि भएको छ ।

यसअवधिमा खुद नाफा ४२०.५३ प्रतिशतले बढेर ५३ करोड ६३ लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो  वर्षको यसै अवधिमा यसले १० करोड ३० लाख ४१ हजार  रुपैयाँ खुद नाफा  कमाएको थियो ।

खुद ब्याज आम्दानी घटे पनि इमपेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो । खुद ब्याज आम्दानी ६।७५ प्रतिशतले घटेर २ अर्ब ६७ करोड २७ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन आम्दानी ४२५.५३ प्रतिशतले बढेर ७५ करोड ६९ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष २ अर्ब १४ करोड ६५ लाख रुपैयाँ रहेको इमपेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब १६ करोड ७९ लाख रुपैयाँमा आएको छ ।

असोज मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ र जगेडा कोषमा १७ अर्ब २७ करोड ८० लाख रुपैयाँ छ ।

यता, खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३५ पैसाले बढेर ९ रुपैयाँ २५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ९५ पैसा छ ।

IME Life
kumari