stcnepal long ad
himalayan life insurance long ad

हिमालयन बैंकको मुनाफा ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत वर्षको यसैअवधिको भन्दा ३१.२२ प्रतिशतले थोरै हो । गत वर्ष यसले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी प्रभावित हुँदा यसको नाफा घटेकोे हो । समीक्षा अवधिसम्म यस बैंकले २ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यो गत वर्षको भन्दा २२.८८ प्रतिशतले थोरै हो । गत वर्ष यसको खुद ब्याज आम्दानी ३ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।

यता, बैंकको सञ्चालन नाफा भने २०.२२ प्रतिशतले बढेर १ अर्ब ८१ करोड पुगेको छ । यसको खराब कर्जा ४.६७ प्रतिशतबाट बढेर ४.९८ प्रतिशत पुगेको छ । हिमालयनको वितरणयोग्य नाफा भने ३ अर्ब ४८ करोड रुपैयाँ ऋणात्मक छ ।

हाल यस बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यसको जगेडाकोषमा २० अर्ब ७४ करोड रुपैयाँ जम्मा रहेको छ ।

यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०९ पैसाले घटेर १३ रुपैयाँ ४२ पैसामा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ६८ पैसा रहेको छ ।