citizens life insurance long ad
stcnepal long ad

सांग्रिला डेभलपमेन्ट बैंकले दशैँ बिदामा पनि बैंकिङ सेवा प्रदान गर्ने

५० हजार मात्रै झिक्न मिल्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले दशैँ बिदामा पनि बैंकिङ सेवा प्रदान गर्ने भएको छ । बैंकले दशैँ बिदाको समयमा खुला रहने काउन्टरको सूची सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्वादशीका दिन पनि सेवा दिने भएको हो ।

यसदिन बैंकले बिहान ११ बजेदेखि अपरान्ह १ः३० बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । साथै दशैँ काउन्टर अवधिभर प्रत्येक खाताबाट एक दिनमा ५० हजार रुपैयाँ मात्रै झिक्न मिल्ने छ भने २ लाख रुपैयाँ जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

IME Life
kumari