evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

सीइडीबी हाइड्रोपावरको २ आर्थिक वर्षको साधारण सभा आज

लाभांश वितरण प्रस्ताव पेश हुने

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २ आर्थिक वर्षको साधारण सभा आज असोज २१ गते सोमबार बस्दैछ ।

कम्पनीले अघिल्लो २ आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्दैछ ।

साथै, उक्त बोनस सेयर वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश गर्दैछ । सभामा अघिल्लो २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले  असोज ७ गते बुक क्लोज गरिसकेको छ । असोज ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
साधारण सभा, कालिमाटी ब्यांक्वेट कालिमाटी, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

himalayan life insurance long ad
igi long