sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

अमेरिकाको फ्लोरिडामा मिल्टन नामक अर्को आँधीको चेतावनी

Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकाको फ्लोरिडा राज्यमा मिल्टन नामक अर्को आँधीको चेतावनी दिइएको छ । यसअघि आएको हेलेन आँधीका कारण तहसनहस भएको राज्यका केही भागहरू तङ्ग्रिन नपाउँदै अर्को आँधीको चेतावनी दिइएको हो ।

हेलेन आँधीको असरले फ्लोरिडाका केही भागहरूमा पहिले नै आपतकालीन अवस्था घोषणा गरिएको छ । नेसनल हरिकेन सेन्टरले मेक्सिकोको तटमा आएको श्रेणी १ को आँधी फ्लोरिडातर्फ बढिरहेको पुष्टि गरेको छ ।

यो आँधीले फ्लोरिडाको पश्चिमी क्षेत्रको जनजीवन प्रभावित पार्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । आँधीले पश्चिमी क्षेत्रमा धेरै असर गर्ने भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।

अमेरिकामा सन् २००५ मा आएको क्याट्रिया आँधीपछिको सबैभन्दा घातक आँधीका रुपमा हालै आएको हेलेन आँधीलाई लिइएको छ । हेलेन आँधीले दक्षिण पूर्वी क्षेत्र नराम्ररी प्रभावित भयो ।

यो  आँधीका कारण हालसम्म २ सय २५ जनाको मृत्यु भइसकेको छ भने अझै सयौँ मानिस बेपत्ता छन् । फ्लोरिडामा मात्रै हेलेन आँधीका कारण १४ जनाको मृत्यु भएको छ ।

मिल्टन आँधीको आगमन अघि शक्ति पुनर्स्थापना र सडकहरू खाली गर्ने तयारी भइरहेको बताइएको छ ।

prabhu bank
nawakantipur long