stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नबिल बैंकलाई ब्राण्ड्स रिभ्यू म्यागजिनको ‘उत्कृष्ट व्यावसायिक बैंकिङ सेवा प्रदायक’ सम्मान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ब्राण्ड्स रिभ्यू म्यागजिनले नबिल बैंक लिमिटेडलाई ‘नेपाल २०२४ को उत्कृष्ट व्यावसायिक बैंकिङ सेवा प्रदायक’ का रूपमा सम्मान गरेको छ ।

विश्वभरका शीर्ष ब्राण्डहरूलाई सम्मान गर्दै आएको यस म्यागजिनले नबिल बैंकलाई उत्कृष्ट बैंकका रुपमा ठहर गरेको हो ।

उत्कृष्ट व्यावसायिक बैंकिङ सेवा प्रदायकका रूपमा सम्मानित गरिएकोमा गर्व लागेको उल्लेख गर्दै नबिल  बैंकले भनेको  छ – यो उपलब्धि  हाम्रो उत्कृष्ट  बैंकिङ  सेवा प्रदान  गर्ने  प्रतिबद्धताको प्रमाण हो ।

ब्राण्ड्स रिभ्यु म्यागजिन लन्डनबाट प्रकाशित हुँदै आएको एक प्रमुख अनलाइन समाचार पोर्टल हो । यसले जीवनशैलीसम्बन्धी उत्पादनहरू, प्रविधि समाधानहरू, सम्पत्ति व्यवस्थापन सेवा तथा स्वास्थ्य, कल्याण र वातावरणसम्बन्धी सबै ताजा जानकारी दिँदै आएको छ ।

यो विलासिता, फेसन, र उच्च–स्तरीय उत्पादनहरूको लागि विश्वका केही ठूला ब्राण्डहरू अन्वेषणका लागि उपयुक्त प्लेटफर्म मानिँदै आएको छ ।

prabhu mahalaxmi
kumari