नबिल म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा
काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको लाभांश घोषणा गरिएको छ।योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल फ्लेक्सी क्याप फन्डको लाभांश घोषणा गरेको हो।
जसअनुसार ब्यालेन्स्ड फन्ड–२ को ८ प्रतिशत र फलेक्सी क्याप फन्डका लागि ५ प्रतिशत करसहित नगद प्रतिफल दिने निर्णय गरिएको छ।
घोषित प्रतिफल वितरणार्थ योजना व्वस्थापकले ब्यालेन्स फन्ड–२ का लागि असोज ११ गते र फ्लेक्सी क्याप फन्डका लागि भदौ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
यसको अर्थ बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम इकाइधनीहरुले यी दुई योजनाको लाभांश पाउन योग्य हुनेछन्।