citizens life insurance long ad
stcnepal long ad
national life

एनआइसी एसिया ब्यालेन्सड फन्ड र एनआइसी एसिया ग्रोथ फन्डको न्याभ बढ्यो

Prabhu Insurance Long Ad

काठमाडौं । साउन मसान्तसम्म आइपुग्दा एनआइसी एसिया ब्यालेन्सड फन्ड र एनआइसी एसिया ग्रोथ फन्डको न्याभ बढेको छ ।

एनआइसी एसिया ब्यालेन्सड फन्डको साउन महिनामा न्याभ १ रुपैयाँ ७८ पैसाले बढेर १२ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

अघिल्लो महिना यसको न्याभ ११ रुपैयाँ रहेको थियो । फन्डले साउन मसान्तसम्म ५९ करोड ५१ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । असारमा यसले ४२ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

यसको बैंक मौज्दातमा ९ करोड ४ लाख रुपैयाँ रहेको छ । अघिल्लो महिना यसको बैंक मौज्दातमा ८ करोड ३० लाख रुपैयाँ रहेको थियो । साउन मसान्तसम्म यो फन्डले १३ करोड ८३ लाख रुपैयाँ कुल नाफा कमाएको छ ।

एनआइसी एसिया ग्रोथ फन्डको न्याभ साउन मसान्तमा २ रुपैयाँ २२ पैसाले बढेर १३ रुपैयाँ ६९ पैसा कायम भएको छ । अघिल्लो महिना यसको न्याभ ११ रुपैयाँ ४७ पैसा रहेको थियो ।

फन्डले साउन मसान्तसम्म ८१ करोड ८० लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । असारमा यसले ५८ करोड लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

यसको बैंक मौज्दातमा १८ करोड ८४ लाख रुपैयाँ छ । अघिल्लो महिना यसको बैंक मौज्दातमा २१ करोड ३३ लाख रुपैयाँ रहेको थियो । साउन मसान्तसम्म यो फन्डले २२ करोड ७६ लाख कुल नाफा कमाएको छ ।

himalayan life insurance
igi long