ब्याजदरलाई ‘सिंगल डिजिट’मा ल्याउने कोशिस गर्दैछौंः ज्ञानेन्द्र ढुंगाना
काठमाडौं । नेपाल बंगलादेश बैंकका सीईओ तथा नेपाल बैंकर्स एशोसिएनका पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले यो वर्षको बजेटमा आम जनताले अधिकतम राहतको आशा राखेको भएपनि केही राहत आएको तर जनताका अपेक्षा पूरा नभएको स्पष्ट पार्नु भएको छ ।
काठमाडौंमा आइतबार आयोजित साक्षात्कारमा सिइओ ढुंगानाले अहिले सम्पूर्ण क्षेत्रको ध्यान नेपाल राष्ट्र बैंकतर्फ रहेको बताउँदै भन्नुभयो ,‘
म यो मौद्रिक नीतिमा धेरै अपेक्षा राख्दिन् । यसले कोभिड–१९ र बाढी, पहिरोले पारेको समस्यालाई पक्कै सम्बोधन गर्नेछ ।’
बैंकको ब्याजदर कम गर्नलाई आफूहरु प्रयासरत रहेको पनि उहाँको भनाई छ । उहाँले अगाडि भन्नुभयो ,‘१५/१६ प्रतिशतको ब्याजदरलाई १२ प्रतिशतमा ल्याऔं , हामी यसलाई सिंगल डिजिटमा ल्याउने कोशिस गर्दैछौं ,
अहिले बाँच्ने र बचाउने बेला हो , मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दापनि दीर्घकालीन अवस्था हेरेर आउनुपर्छ।’। उहाँले राज्यले अति प्रभावित क्षेत्रलाई सुविधा दिनुपर्नेमा जोड दिनुभयो ।
ढुंगानाले उद्योगी, व्यवसायी, व्यापारी, बैंकर्स लगायत सबै क्षेत्रका सरोकारवालाहरुले मौद्रिक नीतिमा केही अपेक्षा गर्नु स्वभाविक भएपनि मौद्रिक नीतिका केही आफ्नै सीमाहरु हुने तर्क गर्नुभयो ।
कोभिडबाट सबैभन्दा बढी, मध्यम र कम प्रभावित गरी ३ भागमा वर्गाीकरण गरेर ऋणको किस्ता तिर्ने विषयमा केही न केही समय थप हुने विश्वास पनि दिलाउनु भयो ।
उहाँले भन्नुभयो,‘कर्जाको ब्याजदर घटाउँदा निक्षेपको ब्याजदर पनि घटाउनु नै पर्नेहुन्छ । यसरी बैंकहरुले कर्जाको ब्याजदर घटाउँदा हाम्रो अर्थतन्त्रलाई नै नकारात्मक असर गर्छ ।’ ः





















