stcnepal long ad
global ime bank long

नबिल बैंकले शुरु गर्यो ‘नबिल डिजी बैंक’ योजना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ३६औं वार्षिकोत्सवको अवसरमा ‘नबिल डिजी बैंक’ योजना शुरु गरेको छ। बैंक स्थापना भएको दिनको अवसरका रूपमा प्रयोग गर्दै बैंकले आइतबार ‘नबिल डिजी बैंक’ योजना शुरु गरेको हो।

भर्चुअल पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, ‘नबिल डिजी बैंक बैंकभित्रको अर्को बैंक हुनेछ । बैंकिङको भविष्य डिजिटल होइन, वर्तमान हो।

त्यही भएर हामी डिजिटलमा जान थालेका छौं।’ उनले थपे, ‘३६ वर्षसम्म पुरानो पुस्तालाई नबिलले ढुक्क बनाएको थियो। अब नयाँ पुस्तालाई पनि नबिलले ढुक्क बनाउने छ ।’ शाहले ६ बर्षमा ‘नबिल डिजी बैंक’ ठूलो हुने र अहिले गरिरहेको बैंकिङ सानो हुने बताए।

बैंकले डीजी बैंकिङलाई अगाडि बढाउन संस्थाको संरचना नै परिवर्तन गरिसकेको छ। डीजी बैंकिको प्रमुखमा विनयकुमार रेग्मी छन्। उनी मातहत बैंकले ७२ कर्मचारी छुट्याएको छ।

IME Lifesidebar
kumari