sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

प्राइम कमर्सियल बैंकको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले २६७।१९ प्रतिशत बढी नाफा गरेको हो ।

गत  असारसम्म बैंकको  खुद ब्याज  आम्दानी १२.१६ प्रतिशत बढेर ८ अर्ब ९१ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा  बैंकले ७ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत असारसम्म बैंकको खुद फि तथा कमिशन आम्दानी ३१.४५ प्रतिशत बढेर १ अर्ब ५४ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत बढेर ९ अर्ब ९४ करोड रुपैयाँ र सञ्चालन मुनाफा १७७.३१ प्रतिशत बढेर ५ अर्ब ६९ करोड रुपैयाँ छ ।

गत वर्ष बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यस आधारमा बैंकको गत वर्ष लाभांश वितरण गर्ने क्षमता ६।१८ प्रतिशतसम्म रहेको देखिन्छ । जबकी अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ६६ करोड ६९ लाख रुपैयाँ ऋणात्मक थियो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोष ४८.३३ प्रतिशत बढेर ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ ।

गत वर्ष बैंकको निक्षेप २१।३६ प्रतिशत बढेर २ खर्ब ११ अर्ब २४ करोड रुपैयाँ र कर्जा १८.५८ प्रतिशत बढेर १ खर्ब ८१ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १४.१५ रुपैयाँ बढेर १९.४५ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५०.४१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ ।

अघिल्लो वर्ष ४.८५ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर बैंकको खराब कर्जा ४.६७ प्रतिशतमा झारेको छ

prabhu bank
nawakantipur long