stcnepal long ad
ime life insurance
global ime bank long

इम्पेयरमेन्ट चार्ज बढेसँगै एनआइसी एसिया बैंकको नाफा घट्यो

प्रतिसेयर आम्दानी पनि प्रभावित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइसी एसिया बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा इम्पेयरमेन्ट चार्ज बढेसँगै खुद नाफा घटेको छ ।

यस अवधिमा खुद नाफा ६८.९१ प्रतिशतले घटेर १ अर्ब ३८ करोड १८ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा एनआइसी एसिया बैंकले ४ अर्ब ४४ करोड ४७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लो वर्ष ७२ करोड १९ लाख ६२ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष २ अर्ब ८४ करोड ४३ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

खराब कर्जा १.६३ प्रतिशत विन्दुले बढेर १.७४ प्रतिशत पुगेको छ । यसले पनि नाफा प्रभावित भएको हो । साथै, खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ । यसले पनि नाफा घट्न सहयोग पुर्याएको हो ।

खुद ब्याज आम्दानी १३.३९ प्रतिशतले घटेर १० अर्ब ६१ करोड ७१ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ । यता, सञ्चालना नाफा पनि ५३।८३ प्रतिशतले घटेर ३ अर्ब १ करोड ८१ लाख ६१ हजार रुपैयाँमा आएको छ ।

असार मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ छ ।

वितरण योग्य नाफा २ अर्ब ३० करोड ४० लाख ५९ हजार रुपैयाँ छ । यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ १८ पैसाले घटेर ९ रुपैयाँ २६ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ २४ पैसा छ ।

prabhu mahalaxmi
kumari