stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बैंकिङ प्रणालीमा एकै दिन थपियो ७ अर्ब निक्षेप

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकिङ प्रणालीमा गत साता बिहीबार ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार ६ गते बैंक तथा वित्तीय संस्थाहरुबाट ६२ खर्ब ७२ अर्ब निक्षेप संकलन भएको देखाएको हो।

असार ५ गते बुधबार गते भने बैंक तथा वित्तीय संस्थाहरूले ६२ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। यस तथ्यांकलाई हेर्दा एक दिनमा ७ अर्बले निक्षेप संकलन बढेको देखिन्छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन पनि बढेको छ। बिहीबार वाणिज्य बैंकहरुबाट ५५ खर्ब ५२ अर्ब निक्षेप संलकन भएको छ। अघिल्लो दिन बुधबार भने वाणिज्य बैंकहरुले ५५ खर्ब ४६ अर्ब निक्षेप संकलन गरेका थिए।

त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकले पछिल्लो चरण कर्जा प्रवाह पनि केही बढेको देखाएको छ। बुधबार ५१ खर्ब ३५ अर्ब कर्जा प्रवाह भएकोमा बिहीबार भने २ अर्बले बढेर ५१ खर्ब ३७ अर्ब कर्जा प्रवाह भएको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ।

साथै, सो समयमा वाणिज्य बैंकबाट प्रवाह हुने कर्जा प्रवाह पनि १ अर्बले बढेको छ। वाणिज्य बैंकहरुबाट बुधबारसम्म ४५ खर्ब ४३ अर्ब कर्जा प्रवाह भएकोमा बिहीबार बढेर ४५ खर्ब ४४ अर्ब कर्जा प्रवाह भएको छ।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७९.७७ प्रतिशतमा कायम रहेको उल्लेख गरेको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३.०० प्रतिशत कायम भएको छ। अघिल्लो दिन भने अन्तर बैंक ब्याजदर २.९६ प्रतिशत कायम भएको थियो।

prabhu mahalaxmi
kumari