लिट्मस इन्डस्ट्रिज र अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानी सम्झौता
काठमाडौं । नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको अग्रणी उत्पादक लिट्मस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने रणनैतिक साझेदारी भएको छ ।
परासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ ।
अवसर इक्विटीसँगको सहकार्यले लिट्मस इन्डस्ट्रिजको उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै कम्पनीको सञ्चालनलाई सुव्यवस्थित बनाउँदै बजार उपस्थितिलाई थप मजबुत बनाउनेछ ।
यसका साथै उक्त लगानीले कम्पनीलाई, नवप्रवर्तन र उत्कृष्टताप्रतिको प्रतिबद्धता कायम राख्दै, ग्राहकको बढ्दो माग पूरा गर्न अझ सक्षम र सुदृढ बनाउनेछ ।
लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले साझेदारीको बारेमा आफ्नो उत्साह प्रकट गर्दै भन्नुभयो, “हाम्रो दूरदृष्टि र क्षमतामाथि अवसर इक्विटीको विश्वास हाम्रो समूह र कम्पनीको कडा परिश्रम र समर्पणको नतिजा हो ।
यो साझेदारीले हामीलाई हाम्रो सञ्चालन विस्तार गर्न, द्रुत गतिमा अत्याधुनिकीकरण गर्न र अन्ततः हाम्रा ग्राहकहरूलाई अझ गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न साथै हाम्रा सरोकारवालाहरूमा कम्पनीको कुशलता र उत्कृष्टताको छापलाई अझ परिष्कृत बनाउन सक्षम बनाउनेछ ।”
“हामीले लिट्मस इन्डस्ट्रिजमा गरेको यो लगानी, आफु संलग्न उद्योगको नेतृत्व गर्नसक्ने र यथास्थितलाई बदल्दै नवप्रवर्तन मार्फत बजारको मागलाई सम्बोधन गर्नसक्ने, उच्च सम्भावना बोकेका अग्रणी कम्पनीहरूलाई सहयोग गर्ने हाम्रो प्रतिबद्धताको एउटा ज्वलन्त उदाहरण हो ।
हामी लिट्मस इन्डस्ट्रिजसँग नजिकबाट सहकार्य गर्न र उहाँहरूको सफलतामा योगदान पु¥याउन पाउँदा अत्यन्त उत्साहित छौं, ” अवसर इक्विटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत र अवसर इक्विटी डाइभर्सिफाइड फण्डका लागि कोष प्रबन्धक ध्रुव तिमिल्सिनाले आफ्नो धारणा व्यक्त गर्नुभयो ।
लिट्मस इन्डष्ट्रिजको बारेमाः
लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालको अग्रणी तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी हो । नेपाली तार, केबल तथा कन्डक्टर उत्पादकहरूमध्ये लिट्मस इन्डस्ट्रिज पहिलो र एक मात्र पब्लिक कम्पनी हो । सन् २०१४ देखि रमेश कर्पोरेसनको छातामुनि रहेको लिट्मसले देशको विद्युतीकरण र औद्योगिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
नेपाल सरकारद्वारा जलविद्युत विकासका लागि राखेको दूरदृष्टि र कोरेका योजना र प्राथमिकताहरूसँग एकाकार हुँदै लिट्मस इन्डिस्ट्रिजले जलविद्युत प्रसारण र वितरणका लागि चाहिने अन्तर्राष्ट्रिय गुणस्तरका केबल तथा कन्डक्टर उत्पादन र आपूर्ति गर्दै जलविद्युत संरचना विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । थप जानकारीको लागि, कृपया www.litmus.com.np मा जानुहोस् ।
अवसर इक्विटी डाइभर्सिफाइड फण्ड बारेमाः
अवसर इक्विटी डाइभर्सिफाइड फण्ड, नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दर्ता भएको रु ४.५६ अर्बको क्लोज एन्डेड सेक्टर एग्नोस्टिक निजी इक्विटी फन्ड हो ।
यो कोषले, नेपालको आर्थिक वृद्धि र विकासलाई अघि बढाउने नयाँ र प्रभावकारी परियोजनाहरूलाई समर्थन गर्दै, उच्च सम्भावना भएका कम्पनीहरूसँग साझेदारी गरी विभिन्न क्षेत्र र कम्पनीहरूमा लगानी गर्दछ । थप जानकारीको लागि, कृपया जततउकस्ररबखबकबचभत्रगष्तथ।अयm मा जानुहोस् ।