citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सिटिजन्स बैंकका ग्राहकले अनमोल डेण्टल हबमा आकर्षक छुट पाउने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र चितवको भरतपुरस्थित अनमोल डेण्टल हबबीच आकर्षक छूट दिने समझदारी भएको छ ।

सो समझदारी अनुसार हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले अनमोल डेण्टल हबका सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू वेबसाइटबाट प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

कम्पनीले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट १७ लाख ४२ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

himalayan life insurance
igi long