sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

बैंकिङ प्रणाली फेरि रु. १० अर्ब तान्दै राष्ट्र बैंक

भोलि बोलकबोल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कनेक्ट आइसीएसले जेठ ६ गतेदेखि साउन ३२ गतेसम्म लागू हुने गरी कनेक्ट आइसीएस बाट भुक्तानी गर्दा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीको पूरा रकम फिर्ता ९रु। ४०,००० सम्म०” अफर सार्वजनिक गरेको छ ।

यस आकर्षक अफर अन्तर्गत कनेक्ट आइपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले रु १,००० क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको पूरा रकम (रु ४०,००० सम्म) फिर्ता पाउन सक्नेछन् ।

लक्की ड्र मार्फत छानिएका १० साप्ताहिक विजेताहरुको जानकारी हरेक हप्ताको सोमबार तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिएपछी एनस्एिचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने छ ।

कनेक्ट आइपीएस को वेब, मोबाइल एप तथा इन्स्योरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्टआइपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ ।

कनेक्ट आइपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो ।

कनेक्टआइपीएस को वेब मार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ ।

यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपाल पेक्युआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।

prabhu bank
nawakantipur long