sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२४’मा ४ विजेता

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । १३ औं संस्करणको ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२४’मा नमन उप्रेती, अभिमान दाहाल, डिजाश्री थापा र रायना बुढाथोकी शीर्ष विजेता घोषित भएका छन् ।

राजधानीमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गर्ल, सिनियर ब्वाइज र सिनियर गर्ल गरेर एकसाथ चार विजेता चुनिएका हुन् ।

प्रतियोगितामा नमनले ‘जुनियर ब्वाइज’, अभिमानले ‘सिनियर ब्वाइज’, डिजाश्रीले ‘जुनियर गर्ल’ र रायनाले ‘सिनियर गर्ल’को उपाधि चुमेका हुन् । प्रतियोगितामा जुनियर ब्वाइजतर्फ सार्थक बस्नेत फस्र्ट, अद्विक श्रेष्ठ सेकेन्ड, प्रत्युस बास्कोटा थर्ड रनरअप हुँदा ‘सिनियर ब्वाइज’तर्फ आरभ गौतम फस्र्ट, सौगात घिसिङ सेकेन्ड र कृतज्ञ डंगोल थर्ड रनरअप भए ।

त्यस्तै ‘जुनियर गर्ल’तर्फ चाँदश्री पाण्डे फस्र्ट, प्रविष्टी सपुत सेकेन्ड र सुशाशिका घर्तीमगर थर्ड रनरअप बन्दा ‘सिनियर गर्ल’तर्फ श्रेयानी पाठक फस्र्ट रनरअप, पौरवी विष्ट सेकेन्ड र सौर्य पाण्डे थर्ड रनरअप भए ।

आयोजक रेडियन्ट इभेन्ट मेनेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक राज फौजुले बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा गायक प्रवेशमान शाक्य, जेभियर इन्टरनेसनल कलेजका सिनियर एकेडेमिक मेनेजर सम्पूर्ण देवापाटे, ज्ञानोदय बालवाटिका स्कुलका कोओर्डिनेटर ईश्वर हमाल, आरए इभेन्ट मेनेजमेन्ट कम्पनीका निर्देशक आशिष थापा, लाइफ स्कुलकी अध्यक्ष महेश्वरी अमात्य, काठमाडौं युरो आइबी वल्र्ड स्कुलकी प्रोग्राम मेनेजर अनामिका कार्की, युरो किड्स इमाडोलकी फाउण्डर प्रिन्सिपल निशा थापा र ब्युटीफुल माइन्ड्स प्री स्कुलकी संस्थापक प्रिन्सिपल नीलिमा मास्के श्रेष्ठ निर्णायक थिए ।

gold
kumari bank
nawakantipur long