sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ ।

काठमाडौं महानगरपालिकाको महाराजगन्जस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको वडा न। २, बालकोटमा स्थानान्तरण गरिएको छ ।

काठमाडौं महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये १ शाखा अब भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाको वडा न। ८,बोडेमा स्थानान्तरण भएको छ ।

स्थानान्तरण गरिएका साविकका महराजगन्ज र पेप्सिकोला शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने छन्।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ ।

हाल लक्ष्मी लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटीएम, २८ एक्सटेन्सन काउन्टर र १३२ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

prabhu bank
nawakantipur long