citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयरधनी केशव बोहराको नाममा रहेको केही शेयर बिक्रीमा ल्याए

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी केशव बोहराको नाममा रहेको केही शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा संस्थापक बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद आवेदन दिन पाउने छन् । यसका लागि इच्छुक जो–कोहीले आवश्यक कागजात सहित १५ दिनभित्र काठमाडौंको बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर, तोकिएको समयसम्म शेयरधनीबाट खरिद आवेदन नपरेपछि सर्वसाधारलाई बिक्रीमा ल्याइएको बैंकले जनाएको छ ।

gold
himalayan life insurance long ad