stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

रिडी पावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । रिडी पावर कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज आइतबार वैशाख ९ गते अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । रिडी पावरले चैत ३० गतेदेखि ११ लाख ३५ हजार ६५७ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले गत फागुन १८ देखि चैत ८ गतेसम्म ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

लिलामी सेयरमा आवेदन दिन पाउने स्थान

मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नारायणचौर, नक्साल काठमाडौं,मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु ठिमी, भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर ।

prabhu mahalaxmi
kumari