गरिमा विकास बैंकको नाफा ६८ करोड ३४ लाख रुपैयाँ
काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६८ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत वर्षको यसै अवधिमा भन्दा ४.५८% ले धेरै हो । गत वर्ष गरिमाले ६५ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ५.५७% ले बढेर घटेर २ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ ।
यता, सञ्चालन नाफा पनि ४.८९% ले बढेर ९७ करोड ५७ लाख रुपैयाँ पुगेपछि खुद नाफामा केही सुधार भएको हो । यसको इम्पेयरमेन्ट चार्ज भने ७१ करोडबाट बढेर ७२ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।
यसको खराब कर्जा थोरैले बढेर २.९७% भएको छ । बैंकको प्रतिसेयर आम्दानी ७४ पैसाले बढेर १६ रुपैयाँ ०४ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४८।छछ रुपैयाँ कायम भएको छ ।