citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सानिमा बैंकले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित

नौ महिनामा बैंकको मुनाफा झण्डै डेढ अर्ब

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सानिमा बैंकले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार सानिमा बैंकले नौ महिनाको अवधीमा एक अर्ब ४३ करोड मुनाफा आर्जन गर्न सफल भएको  छ भने अन्य वित्तीय विवरणहरुमा  सकारात्मक प्रगति गर्न सफल भएको छ ।

कूल १३ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजि भएको सानिमा बैंकले समीक्षा अवधीमा १५ अर्ब ब्याज आम्दानी गरी ११ अर्ब रुपैयाँ ब्याज वितरण गरेको छ । बैंकको खुद ब्याज आम्दानी चार अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष बैंकले चार अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको थियो । एक खर्ब ८६ अर्ब सर्वसाधारणको निक्षेप रहेको सानिमा बैंकबाट एक खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । बैंकले कोर बैंकिङ कारोबारबाट खुद ७४ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्ष बैंकको खुद फि तथा कमिशन आम्दानी ५६ करोड रुपैयाँ रहेको थियो ।

बैंकले मुनाफामा सामान्य गिरावट आएको देखिएको छ । गत वर्ष एक अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आ.व.को नौ महिने समीक्षा अवधीमा एक अर्ब ४३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी समेत प्रभावित बन्न पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १४.२७ रुपैयाँ रहेको छ ।

त्यस्तै, प्रतिशेयर कूल सम्पत्तिको मूल्य १६८५.०९ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १४७.२४ रुपैयाँ रहेको छ ।

सानिमा बैंकको वितरणयोग्य मुनाफा ७५ करोड ६८ लाख २२ हजार ७११ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा एक अर्ब २० करोड रुपैयाँ रहेको थियो ।

बैंकको जगेडा कोषमा दुई अर्ब ३० करोड रुपैयाँ संचित रहेको छ । बैंकको खराव कर्जा १.८९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकको खराव कर्जा २।२७ प्रतिशत रहेको थियो ।

gold
himalayan life insurance long ad