evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

अधिकांश सूचकको उकालो यात्रा

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक रिपोर्ट अनुसार कम्पनीले २ अर्ब ६० करोड ८४ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५.७७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ४६ करोड ६० लाख ६४ हजार रुपैयाँ नाफा गरेको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ०.८२ प्रतिशतले बढेर ५ अर्ब ६३ करोड ३० लाख ६४ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ५ अर्ब ५८ करोड ७२ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५२ करोड २९ लाख रुपैयाँ रहेको कम्पनीको संचालक नाफा बढेर ३ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ, जगेडा कोष ११ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ,वितरणयोग्य नाफा३ अर्ब २६ करोड रुपैयाँबाट घटेर २ अर्ब ७५ करोड ११ लाख रुपैयाँ र खराब कर्जा ०.७० प्रतिशत मै स्थिर रहेको छ ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ७३ पैसा रहेको छ ।

igi long
himalayan life insurance long ad