citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ७.५२ प्रतिशत बढ्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ७.५२% ले बढेर चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने खुद नाफा ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी भने ४१.५३% ले बढेर ११ अर्ब ३ करोड २५ लाख रुपैयाँ पुगेको छ ।यद्दपि, इम्पेयरमेन्ट चार्ज ७० करोडबाट बढेर ३ अर्ब ४ करोड रुपैयाँ पुगेपछि सञ्चालन नाफा भने ४.३१% ले घटेको छ ।

यता, गैर सञ्चालन खर्च १ अर्ब ३० करोडबाट घटेर ७२ करोड रुपैयाँमा सीमित भएपछि खुद नाफामा केही सुधार भएको देखिन्छ ।

यस बैंकको खराब कर्जा १.९५% बाट घटेर १.१२% मा आएको छ । नेपाल इन्भेष्टमेन्ट मेगाको रिजर्भ कोष भने आकर्षक देखिएको छ ।

रिजर्भ २४ अर्ब ९४ करोडबाट बढेर २९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यता, खुद नाफामा सामान्य मात्र वद्धि हुँदा प्रतिसेयर आम्दानी भने घटेको छ ।

यसको प्रतिसेयर आम्दानी २.४० रुपैयाँले घटेर १२.८० रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ भने १७२.५७ रुपैयाँ रहेको छ ।

himalayan life insurance
igi long