citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकको खुद नाफा २७.७० प्रतिशतले बढेर १ अर्ब ६१ करोड ५९ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब २६ करोड ५३ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफामा बृद्धि भएको हो । खुद ब्याज आम्दानी १०३.४९ प्रतिशतले बढेर ८ अर्ब ५३ करोड २७ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ४ अर्ब १९ करोड ३२ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ११.७८ प्रतिशतले बढेर २ अर्ब २३ करोड १७ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख ५५ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा छ ।

gold
himalayan life insurance long ad