sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

कुमारी बैंकको मुनाफा १ अर्ब ५ करोड

जुन गत आर्थिक वर्षको तुलनामा १९.११ प्रतिशतले कम हो ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ५ करोड २७ लाख ९४ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १९.११ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १ अर्ब ३० करोड १६ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १२.६७ प्रतिशतले बढेर ८ अर्ब ४२ करोड ४७ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ७ अर्ब ४७ करोड ७१ लाख १६ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको संचालक मुनाफा बढ्दा समेत खुद नाफा ओरालो लागेको छ । यस अवधिमा कम्पनीले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

जुन गत आर्थिक वर्षको तुलनामा २१.६० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो।

यता, कम्पनीको खुद फि तथा कमिशन आम्दानी ६०.९० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १९।१४ प्रतिशत बढेको छ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ, जगेडा कोष १३ अर्ब ८३ करोड रुपैयाँ, वितरणयोग्य मुनाफा भने४ अर्ब २० करोड ५२ लाख रुपैयाँ ऋणात्मक, निक्षेप संकलन ३ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ, कर्जा लगानी २ खर्ब ७४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको खराब कर्जा ४.९५ प्रतिशत, प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९० पैसा घटेर ५ रुपैयाँ ३५ पैसा र प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ५२ पैसा रहेको छ।

gold
prabhu bank
nawakantipur long