stcnepal long ad
ime life insurance
national life
global ime bank long

सांग्रिला डेभलपमेन्ट बैंक र पाँच तारे होटल दुसित प्रिन्सेस बिच सम्झौता पत्रमा हस्ताक्षर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लाजिम्पाट काठमाडौं स्थित पाँच तारे होटल  दुसित प्रिन्सेस काठमाडौं बिच बैंकका ग्राहक महानुभाव र बैंकका कर्मचारीहरुलाई होटलसंग सम्बन्धित सेवा तथा सुविधाहरु ( रेष्टुरेन्ट, आवाश तथा अन्य सुविधा) प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख संचालक अधिकृत अपूर्व प्रसाद जोशी र होटल दुसित प्रिन्सेस काठमाडौं तर्फबाट उक्त होटलका क्लस्टर महाप्रबन्धक समिर बनर्जीले हस्ताक्षर गर्नुु भएको छ ।

उक्त सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक महानुभावले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी होटल दुसित प्रिन्सेस काठमाडौंमा खाना तथा पेय पदार्थमा २० प्रतिशत तथा बैंकका कर्मचारीहरुले खाना तथा पेय पदार्थमा २५ प्रतिशत र आवाश लगायत अन्य सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् । साथै बैंकका कर्मचारीहरुलाई भोजका निम्ति हलहरुमा पनि विशेष छुट दिएको व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

IME Lifesidebar
kumari