sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सिटिजन्स बैंकद्वारा ‘रियल टाइम फिक्स डिपोजिट योजना’ सार्वजनिक

घरमै बसेर खाता खोल्न मिल्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंकले रियल टाइम फिक्स डिपोजिट योजना सार्वजनिक गरेको छ । यो योजना अनुसार ग्राहक आफैंले ल्यापटप/कम्प्युटर र आफ्नो मोबाइलबाट घरमा बसिबसि मुद्दती खाता खोल्न सकिन्छ ।

यो खाता खोल्न सबैभन्दा पहिले सिटिजन्स बैंकको मोबाइल बैंकिङ एप लग इन गर्नु पर्नेछ । त्यसपछि मोर अप्सनमा क्लिक गरी फिक्स डिपोजिट लेखिएको स्थानमा क्लिक गर्नु पर्नेछ ।

त्यहाँ विभिन्न योजनामा टाइपहरु देखिने छ । ती योजना मध्ये आफूले खोल्न चाहेको मुद्दती खाताको योजना रोज्न सकिने छ । त्यसपछि आफूले जम्मा गर्न चाहेको रकम उल्लेख गर्नु पर्नेछ ।

यी सबै गरेपछि आफ्नो इमले ठेगाना भरेर प्रोसिडमा क्लिक गर्नु पर्नेछ । आफूले भरेका कुरा ठीक भए नभएको जाँच गरी ठीक भएमा उपलब्ध गराइएको इमेल ठेगानामा मुद्दती खाता सञ्चालक भएको सन्देश बैंकले पठाउने छ ।

ग्राहकले मुद्दती खातामा जम्मा गर्न चाहेको रकम बचत खातामा रहनु अनिवार्य रहेको बैंकले जनाएको छ ।

prabhu bank
nawakantipur long