stcnepal long ad
Himalayan bank

टाटाका ईभी गाडी नेपाली बजारमा सार्वजनिक गर्दा समायोजित मूल्यमै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले भारतमा मूल्य समायोजन गरिएका टाटा नेक्सन के३ र टाटा टियागा इभी मिडियम रेञ्ज नेपालमा आउन नै बाँकी भएको जनाएको छ ।

उक्त इभी गाडीहरु नेपाली बजारमा सार्वजनिक गर्दा समायोजित मूल्यमा नै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

टाटाका नेपाली बजारमा उपलब्ध टियागो इभीको भेरियन्टहरुमा जम्मा १५ हजार मात्र घटेको र उक्त गाडीहरु नाडा अटो शो देखि नै ‘इन्ट्रोडक्टरी’ मूल्यमा सिप्रदीले उपलब्ध गराइरहेको छ ।

यसबीचमा भारतमा मूल्य बढाउँदा पनि सिप्रदीले पुरानै मूल्यमा गाडी उपलब्ध गराएको हुनाले हाललाई टियागो इभीको मुल्य यथावत नै रहने छ ।

अहिले नेपाली बजारमा टाटा टियागो लङ्ग रेन्जको २५.४९ लाख देखि २७।९९ लाखमा छ भने नेपालमा  सर्वाधिक  रुचाइएको नेक्सन इभी रु ४५.९९ लाखमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

himalayan life insurance
igi long