कृषि विकास बैंकले बाँकी रहेको लाभांश लैजान सूचना जारी
काठमाडौं । आफ्ना सेयरधनीलाई बाँकी रहेको लाभांश लैजान कृषि विकास बैंकले सूचना जारी गरेको छ । केही सेयरधनीको विगत ५ वर्ष अघि देखिको लाभांश बैंकमा थन्किएको छ ।
यसरी लिन बाँकी रहेकाहरुले साउन ११ गतेसम्म एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा सम्पर्क गरेर लैजान सक्नेछन् । लाभांश लिन जाँदा सेयरधनीले आफ्नो परिचयपत्र पनि साथमा बोक्नुपर्नेछ ।
एनआइबीएल एस क्यापिटलमा उपस्थित हुन नसक्ने सेयरधनीले भने कृषि विकास बैंकको कुनै पनि शाखामा आवेदन दिएर पनि भौतिक सेयर प्रमाणपत्र तथा नगद लाभांश पूर्जा संकलन गर्न सक्ने जनाएको छ ।
तर, साउन ११ गतेसम्ममा पनि लाभांश नलगेमा भने लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ । त्यसपछि लगानीकर्ताले प्रमाण सहित लगानीकर्ता संरक्षण कोषमा गएर लाभांश दाबी गर्नुपर्ने हुन्छ ।
























