stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

४ अर्ब लागतको माथिल्लो सेती खोला आयोजनामा लक्ष्मी सनराइजको ७५ प्रतिशत लगानी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी सनराइज बैंक लि। र अपर सेती हाइड्रो प्रा.लि.बीच सो कम्पनीको कास्की जिल्लास्थित सेती नदीमा २० मे.वा. क्षमताको माथिल्लो सेती खोला जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता भएको छ। बैंकले कम्पनीसँग उक्त आयोजनामा लगानी गर्ने सम्झौता गरेको हो।

आयोजनाको कुल लागत ४.०२ अर्ब रुपैयाँ छ। यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ।

अपर सेती हाइड्रोले २०७८ माघ १७ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै गत असोज १० मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेकोे छ। सो कम्पनीको प्रवर्द्धकको रुपमा नेपालको प्रतिष्ठित व्यापारिक घराना के.सी. ग्रुप छ।

सो परियोजना निर्माणको लागि लक्ष्मी सनराइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक/संस्थापकहरुको लगानी रहनेछ।

लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ३.०२ अर्ब छ जसले दिगो विकासलाई बढावा दिने बैंकको योजनालाई अझ सार्थक बनाउनेछ।

२० मेगावाट क्षमताको सो आयोजना निर्माणपश्चात् वार्षिक करिब ११३.५१ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै बैंकको विद्यमान १४०० मेगावाट भन्दा बढीको पोर्टफोलियोमा अझ सुदृढ हुँदै लक्ष्मी सन्राइज बैंकको हरित ऊर्जा प्रवर्द्धनप्रति निरन्तर प्रतिबद्धतालाई जोड दिनेछ ।

prabhu mahalaxmi
kumari