stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वैदेशिक रोजगारीको लागि मकाउ पठाइ दिने बहानामा ठगी गरेको आरोपमा एकजना पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिने बहानामा ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एकजनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौंको महाराजगन्ज बस्ने वर्ष ५३ को पृथ्वीराज सिग्देललाई प्रहरीले पक्राउ गरेको हो।मनिराम तिमल्सिना समेतलाई वैदेशिक रोजगारीको लागि मकाउ पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति नौ लाख रुपैयाँ लाग्छ, मकाउ पुगेपछि प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डको काम लगाइदिन्छु, मासिक १ लाख ८० हजार रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारेको प्रहरीको भनाई छ।

पीडितहरूबाट पटक पटक गरी २ लाख ७० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका सिग्देललाई अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ १२ गते दरबारमार्गबाट पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

prabhu mahalaxmi
kumari