sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम झनै बढ्यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम झनै बढेको छ । बजारमा कर्जाको माग नहुँदा अर्थात ऋण लैजाने ग्राहक नहुँदा बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको हो । यसलाई अधिक तरलता भन्ने गरिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा ६१ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप अर्थात बचत जम्मा भएको छ ।

१५ दिनमै निक्षेप ३६ अर्ब रुपैयाँले बढेको छ । यस्तै, अहिले बैंक तथा वित्तीय संस्थाले ५० खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अर्थात् ऋण दिएका छन् । १५ दिनमा कर्जा प्रवाह भने ३२ अर्ब रुपैयाँले बढेको छ ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेप अर्थात बचत भएको रकमको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन् । अहिले बैंक तथा वित्तीय संस्थाले ६१ खर्ब २१ अर्ब रुपैयाँको ९० प्रतिशत अर्थात ५५ खर्ब आठ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्नुपर्थ्यो ।

तर जम्मा ५० खर्ब ७४ अर्ब रुपैयाँ प्रवाह भएको छ । यसको मतलब बैंक तथा वित्तीय संस्थासँग झण्डै पाँच खर्ब रुपैयाँ अधिक तरलता अर्थात कर्जा नगएर पैसा थुप्रिएको छ ।

अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थासँग ऋण दिने पैसा थिएन अर्थात तरलता अभाव थियो, अहिले भने कर्जा नगएर पैसा थुप्रिएको छ, अर्थात अधिक तरलता छ ।

अधिक तरलता हुँदा देशमा नयाँ उद्योग कलकारखाना खुल्ने सम्भावना कम हुन्छ, भएका उद्योग कल कारखानाले पनि क्षमता विस्तार नगरेको बुझिन्छ ।

यस्तै, ब्याज निरन्तर ओरालो लाग्ने सम्भावना हुन्छ र मानिसले बैंकमा पैसा नै नराखी गैरकानुनी बाटोबाट विदेशमा लगेर लगानी गर्नेसम्मको जोखिम रहन्छ । यस्तै, बैंकसँग अधिक तरलता बढ्दै गएमा उनीहरुले ग्राहकबाट बचतको लागि पैसा नै नलिने अवस्था पनि आउन सक्छ ।

gold
kumari bank
nawakantipur long