stcnepal long ad
himalayan life insurance long ad

सडकका प्रमुखले साढे दुई करोड अकुत सम्पत्ति कमाएको बिशेष अदालतको ठहर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन प्रमुख (सिडिई) जितेन्द्रकुमार चौधरीले गैरकानुनी सम्पत्ति आर्जन गरेको विशेष अदालतले ठहर गरेको छ ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो । सजाय निर्धारणका लागि १५ माघको पेसी तोकिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ को फागुन २ र ५ मा चौधरीविरुद्ध दुईवटा मुद्दा दायर गरेको थियो। जसमध्ये एउटामा उनी दोषी र अर्कामा सफाइ पाएका छन् ।

चौधरीलाई सजाय र बाँकी दुईजनालाई जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकोमा दुई करोड ४४ लाख ९३ हजार रुपैयाँभन्दा बढी रकम चौधरीले गैरकानुनी तवरले आर्जन गरेको पुष्टि भएको हो । यस कसुरमा उनलाई दुईदेखि ६ वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।

चौधरीले झन्डै चार करोड रुपैयाँ गैरकानुनी आर्जन गरेको अख्तियारको दाबी थियो। चौधरीकी श्रीमती किरण चौधरी छोरा अभिषेक चौधरीलाई पनि यस मुद्दामा प्रतिवादी बनाइएको थियो।

उनले विराटनगरको डिभिजन प्रमुख हुँदा एक ठेकेदार कम्पनीसँग कमिसनबापतको रकम श्रीमतीको खातामा जम्मा गर्न लगाएका थिए।

सेवाग्राही कम्पनीहरूबाट आयोजनाका लागि स्वीकृत रकमको निश्चित प्रतिशत रकम गैरकानुनी तवरले सिडिई चौधरीले लिएको खुलेको थियो।

जून प्रकरणमा अख्तियारले ३५ लाख रुपैयाँ घुस लिएको भन्दै मुद्दा चलाएको थियो। तर, यसमा उनले सफाइ पाएका छन्।