stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माघ महिनाका लागि बैंकहरूले ब्याजदर घटाए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

माघ महिनाका लागि बैंकहरूले ब्याजदर घटाए

काठमाडौँ । बिस वटा वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन । अधिकांश बैंकले ब्याजदर घटाएका छन् । पुस महिनाको तुलनामा माघमा व्यक्तिगत मुद्दति निक्षेपमा व्याजदर औसतमा ०.८२४०५ प्रतिशत र संस्थागत मुद्दतिमा औसतमा ०.७६४५५ प्रतिशतले ब्याजदर घटाएको पाइएको छ । पुस महिनामा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ८.९९१०५ थियो भने अब माघका लागि ८.१६७ प्रतिशत ब्याजदर निर्धारण भएको छ । त्यस्तै, संस्थागत निक्षेपतर्फ पुसमा ६.८८८०५ प्रतिशत ब्याजदर रहेकोमा अब घटेर ६.१२३५ कायम भएको छ । व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १८ वटा बैंकले ब्याजदर घटाएका छन् भने दुई वटाले ब्याजदर यथावत राखेका छन। संस्थागततर्फ पनि उही व्याजदर कायम गरेका छन ।

नेपाल एसबीआई बैंक लि।ले पुसको तुलनामा १.३५ प्रतिशत ब्याजदर घटाएको छ । एसबीआईको ब्याजदर पुसमा व्यक्तिगततर्फ ९.६ प्रतिशत थियो । तर अब माघमा ब्याजदर घटेर ८.६ प्रतिशतमा झरेको छ ।

त्यस्तै, संस्थागततर्फ पुसमा ब्याजदर ७।६ प्रतिशत रहेकोमा माघमा घटेर ब्याजदर ६.२५ प्रतिशत मात्रै कायम भएको छ । पुसको तुलनामा प्राइम कमर्सियल बैंक लि.ले १.९ प्रतिशत ब्याजदर घटाएको छ ।

त्यस्तै, कृषि विकास बैंक लि.ले ब्याजदर १.२५ प्रतिशत, लक्ष्मी सनराइज लि.ले ब्याजदर १ प्रतिशत, माच्छापुच्छ्रे बैंक लि.ले ब्याजदर १.६ प्रतिशत, सिद्धार्थ बैंक लि.ले १.१५ प्रतिशत र कुमारी बैंक लि।ले १.२ प्रतिशत ब्याजदर घटाएका छन् ।

माघ महिनाका लागि कृषि विकास बैंक लि.ले व्यक्तिगततर्फ ब्याजदर ७.२६ प्रतिशत र संस्थागततर्फ ब्याजदर ५.७६ प्रतिशत कायम गरेको छ । त्यस्तै, नेपाल बैंक लि।ले व्यक्तिगततर्फ ब्याजदर ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यसैगरी एभरेष्ट बैंक लि.ले व्यक्तिगततर्फ ब्याजदर ८ प्रतिशत र संस्थागततर्फ ब्याजदर ६ प्रतिशत, लक्ष्मी सनराइज बैंक लि.ले व्यक्तिगततर्फ ब्याजदर ८ प्रतिशत र संस्थागततर्फ ब्याजदर ६ प्रतिशत, प्रभु बैंक लि.ले व्यक्तिगततर्फ ब्याजदर ८.०६५ प्रतिशत र संस्थागततर्फ ब्याजदर ६.०६५ प्रतिशत र एनआइसी एसिया बैंक लि.ले व्यक्तिगततर्फ ८.०६५ प्रतिशत र संस्थागततर्फ ब्याजदर ६।०६५ प्रतिशत कायम राखेका छन् ।

त्यस्तै, राष्ट्रिय बाणिज्य बैंक लि.ले व्यक्तिगत तर्फ ब्याजदर ८.०७ प्रतिशत र संस्थागतर्फ ब्याजदर ६.०७ प्रतिशत, स्ट्याण्डडर्ड चाटर्ड बैंक लि.ले व्यक्तिगततर्फ ब्याजदर ८.०७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत व्याजदर कायम गरेका छन् ।

त्यस्तै, प्राइम कमर्सियल बैंक लि., नबिल बैंक लि., सिद्धार्थ बैंक लि. र ग्लोबल आइएमई बैंक लि.ले समान व्यक्तिगततर्फ ब्याजदर ८.१ र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

prabhu mahalaxmi
kumari