citizens life insurance long ad
stcnepal long ad
national life

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौँवार्षिक साधारणसभा सम्पन्न

Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा आज (२०८० पुस २९गते) सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९/८०को मुनाफा रकममध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साधारण सभामा  करिब ९२ प्रतिशत शेयरको  प्रतिनिधित्वगर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण तथाअन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिमआ.व. २०८०/८१को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेश कुमार गुरागाईलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

त्यसैगरी सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्वगर्ने एक जना सञ्चालकको रुपमा मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित हुनु भएको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिकाअध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको सोह्रौँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रतिवेदन प्रस्तुतगर्दै उहाँलेयस क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाको वातावरणमा मुनाफा भन्दा सेवा बिस्तारलाई उच्चप्राथमिकतामा राखी भौगोलिक रूपले अति विकट तथादुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणाको कार्यान्वयनमा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमाथप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले आफ्ना कार्यक्रमहरू परिलक्षित गरिरहको बताउनु भयो ।

समीक्षाअवधिमा कम्पनीको भ्वाइस सेवा तर्फको बजार हिस्सा ७.८२ प्रतिशतले वृद्धि भई ६१.५१ प्रतिशत पुगेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले भन्नुभयो, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताका बीच कम्पनीले कुल रु ४४.४२ अर्ब आम्दानी गरी रु ७.९२ अर्ब मुनाफा आर्जन गर्न सफल भएको छ ।

समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्क बापत कुलआयको ६४.०७ प्रतिशतले हुन आउने रु २८.४६ अर्ब राजस्वको रूपमा बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएको छ ।’

सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीई प्रविधिमाआधारित भोल्टी(VoLTE – Voice over LTE) सेवा तथा एफटीटीएच सेवा बिस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै परियोजना सफलता पूर्वक सम्पन्न हुने दिशामा अगाडि बढेको उहाँले बताउनु भयो ।

यी सबैको परिणाम स्वरुप समीक्षा अवधिको अन्त्यसम्ममा देशका ७७ वटै जिल्लाका अधिकांश स्थानीय निकायहरुमा अत्याधनिुक दूरसञ्चार सेवाको पहुँच बिस्तार भएको उहाँले बताउनु भयो ।

अति विकट र दुर्गममा रहेका बाँकी स्थानीयतहहरूमा उपयुक्त प्रविधिको उपयोग गरी सेवा बिस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको, देशैभरHigh Bandwidth Connectivity बिस्तार गर्ने र Content माआधारित Value Added Servicesको विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको तथा यस क्षेत्रमा भइरहकानव प्रवर्तन र विकासमा आधारित प्रविधि र सेवा बिस्तार गर्न अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्न आवश्यक व्यवस्था गरिएको उहाँले बताउनु भयो ।

ग्रामीण दूरसञ्चार विकास कोष (RTDF ) बाट प्राप्त सहयोगको अधिकतमप्रतिफलप्राप्तहुनेगरी सूचनामहामार्ग निर्माण गर्ने कार्यले गतिलिएको समेत उहाँले बताउनु भयो ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष सुवेदीले अगाडि भन्नुभयो, ‘देशभरफोरजी÷एलटीईतथा एफटीटीएच सेवा बिस्तारका लागि व्याकबोन नेटवर्कको स्तरोन्नति गरिएको छ । प्राविधिक तथा भौगोलिक दृष्टिकोणबाट सम्भव भएका स्थानहरूमा भूमिगत तथा एडीएसएस (ADSS) अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

अप्टिकल फाइबर नेटवर्क बिस्तार गर्न नसकिने स्थानहरूमा माइक्रोवेभ रेडियो लिंक तथा स्याटेलाइट लिंक मार्फत सेवा उपलब्ध गराइने र विद्युत आपूर्ति उपलब्ध नभएका स्थानमा सोलार पावर प्रणाली जडानमा विशेष जोड दिइएको छ ।’

परम्परागत प्रविधिमा आधारित टेलिफोन सेवालाई आधुनिक एफटीटीएच प्रविधिबाट प्रतिस्थापन गर्ने कार्यमा प्राथमिकता केन्द्रितगरिएको र देशैभर यसका लागिआवश्यककार्य भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘टुजी प्रविधिको प्रयोग गर्ने ग्राहकहरूको संख्या उल्लेख्य रहकोले यसको स्तरोन्नति रफोरजी सेवाको बिस्तार गरी दुर्गम र विकट क्षेत्रमा पु¥याउने कार्यलाई निरन्तरतादिइएको छ ।

जीएसएम मोवाइल सेवाको सञ्चालनअनमुतिपत्रको अवधि २०८१ माअवधि पूरा हुने भएकोले कानुनमा व्यवस्था भए अनुसार दोस्रो अनुमतिपत्रको लागिआवश्यकप्रक्रिया अगाडि बढाइ सकिएको छ ।फाइभजी प्रविधिको परीक्षणको लागिआवश्यक पूर्वाधार सहित तयारी अवस्थामा रहको छ र नियामक निकायबाट परीक्षणको स्वीकृति प्राप्तभए पश्चात् परीक्षण गरिनेछ ।’

दूरसञ्चारको प्रतिस्पर्धात्मक बजार अनुरुप समय सापेक्ष कम्पनीको पुनःसरचना गर्ने तर्फ विशेष ध्यान दिइने र कम्पनीमा उपलब्ध जनशक्तिको उच्चतम उपयोग गर्ने नीतिलाई प्राथमिकता दिइएको बताउदै उहाँले विश्वभर नै भ्वाइस सेवाको माग तथा प्राप्तहु ने राजस्वमा गिरावटको साथै ओटीटी (OTT) जस्ता सेवाले परम्परागत सेवालाई थप चुनौती दिएकोले प्रविधिमाआएको परिवर्तन कम्पनीबाट प्रवाह हुने सेवामा पनि तादात्म्यता मिलाउन प्रयासरत रहेको बताउनु भयो ।

राष्ट्रिय तथाअन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध स्थापित गरी कम्पनीको हितअनुकूल हुने गरी साझेदार संस्थाहरुसँगको सहकार्य समेतमा विभिन्न सेवा विस्तार गर्नेतर्फ कम्पनीकागतिविधिनिर्देशितगरिने र यस कार्यमा कम्पनीमा कार्यरत कर्मचारी, नियामक निकाय तथा शेयर धनी महानुभावहरुबाट सदाझैं पूर्ण सहयोग प्राप्तहुनेछ भन्ने अपेक्षा गरिएको बताउनु भयो ।

कम्पनीकाअध्यक्षले साधारणसभामा शेयरधनीमहानुभावहरुले उठाउनु भएका विभिन्न सुझावहरुको कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्तगर्दै सुझाव दिने शेयरधनीहरु प्रति आभार व्यक्त गर्नुभयो ।

कम्पनीले सोह्रौ साधारण सभाले पारित गरे बमोजिमको लाभांश रकमआज (२०८० पुस २९गते) देखि नै एनएमबी बैंक मार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको छ ।

himalayan life insurance
igi long