citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नेपाल राष्ट्र बैंकले १४ अर्ब ३३ करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्ने

यी ट्रेजरी क्रमशः माघ २ गते र २०८१ असार ५ गते परिपक्व हुनेछन्।

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ अर्ब ३३ करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।केन्द्रीय बैंक यसअघि ट्रेजरी बिल मार्फत उठाएको १४ अर्ब ३३ करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो।

जसमा २८ दिने ८ अर्ब र १८२ दिने ६ अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल रहेका छन्। यी ट्रेजरी क्रमशः माघ २ गते र २०८१ असार ५ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिल मंसिर २६ गते जारी हुनेछ। यसको बोलकबोल भोलि मंसिर २५ गते दिउँसो २ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

gold
himalayan life insurance long ad