macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनएमबि बैंकको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एटीएम सञ्चालनमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ ।

यसैगरी पोखरा अन्तराष्ट्रिय विमानस्थलमा समेत बैंकले नयाँ एटीएम सञ्चालनमा ल्याएको छ। बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थानस्थलमा तथा अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १६६ एटीएम, १२ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

himalayan life insurance
igi long
NTA long ad