macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

प्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति हुनु भएका उपरथी अशोक राज सिग्देललाई आज २०८० मङ्गसीर २९ गते रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

प्रधान सेनापति शर्माले नेपाल सरकार, मन्त्री परिषद्को मिति २०८० मङ्गसीर २८ गतेको निर्णय बमोजिम पदोन्नति हुनु भएको हो ।

वि.सं. २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मनु भएका रथी सिग्देल, वि.सं.२०४३ फाल्गुण ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी वि.सं. २०४५ जेठ १९ गते श्री नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी हुनु भएको हो ।

रथी सिग्देलले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बहिनीपति, पृतनापति र कमाण्ड सेनापतिका साथै प्रतिविद्रोह तथा जंगलवारफेर शिक्षालयको शिक्षाधिकृत, युद्धकार्य निर्देशक, निरीक्षणाधिकृत, संभाररथी र व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ ।

भारत, ईण्डोनेसिया, चीन, सिंगापुर र अमेरिकामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी हुनुका रथी श्री सिग्देलले चीनबाट ल्म्ऋ तालिम सम्पन्न गर्नु भएको छ । यस्तै, युगोस्लाभिया, ताजकिस्तान र लाईवेरियामा शान्ति सेनामा सहभागी हुनु भएको छ ।

आज जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापतिले रथी सिग्देलका साथै उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी सन्तोष वल्लभ पौडेललाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो । रथी श्री सिग्देल बलाधिकृत र उपरथी श्री पौडेल पश्चिम पृतनापतिमा नियुक्त हुनु भएको छ ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै परिवारजनको उपस्थिति थियो ।

himalayan life insurance
igi long
NTA long ad