माछापुच्छ्रे बैंकले पनि घटायो ब्याजदर

काठमाडौँ । माछापुच्छ्रे बैंकले पनि मंसिरका लागि निर्धारित ब्याजदर परिमार्जन गर्दै घटाएको छ। बैंकले मंसिर २६ गतेदेखि लागू हुने गरी मंसिरमा लागू गरिएको ब्याजदर घटाएको हो।
बैंकले ब्याजदर परिमार्जन गर्दै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.६० प्रतिशत र संस्थागततर्फ ७।६० प्रतिशत कायम गरेको छ।
यसअघि मंसिर १ गतेदेखि लागू हुने बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर १०.६०३ प्रतिशत र संस्थागत तर्फ ८.६०३ प्रतिशत कायम गरेको थियो। बैंकले मुद्दति निक्षेपमा १ प्रतिशतको विन्दुमा ब्याजदर घटाएको छ।
यसैगरी कल निक्षेपको ब्याजदर पनि बैंकले घटाएर २.३० प्रतिशत कायम गरेको छ। यसअघि कल निक्षेपको ब्याजदर २.८०२ प्रतिशत थियो।