macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएसँगै १ सातामै २ पटक निक्षेप तान्दै 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएसँगै १ सातामै २ पटक निक्षेप तान्न लागेको छ ।  तरलता  व्यवस्थापन गर्न १५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

बैंकले आज बिहीबार मंसिर १४ गते बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलन मार्फत् १५ अर्ब रुपैयाँ तान्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

केन्द्रिय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति मंसिर २१ गते निर्धारण भएको छ ।

यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र  अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

यसअघि केन्द्रीय बैंकले मंसिर १२ गते निक्षेप संकलन उपकरण मार्फत नै बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब निक्षेप तानेको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह हुन सक्दा अधिक तरलताको अवस्था आएको छ ।

himalayan life insurance
igi long
NTA long ad