stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकले १८ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्ने, आज सोमबार बोलकबोल

केन्द्रीय बैंक यसअघि ट्रेजरी बिल मार्फत उठाएको १८ अर्ब ५० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।केन्द्रीय बैंक यसअघि ट्रेजरी बिल मार्फत उठाएको १८ अर्ब ५० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो।

आज दिउँसो २ बजे बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

राष्ट्र बैंकले मंसिर १२ गते जारी हुने २८ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्नेछ। २८ दिनका लागि ५ अर्ब रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण हुनेछ। यी ट्रेजरी बिलको परिपक्व मिति क्रमशः पुस १० गते, २०८१ जेठ १५ गते र २०८१ मंसिर ११ गते रहेको छ।

IME Lifesidebar
kumari