citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

काष्ठमण्डप सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय अझै अन्योलमै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । पुनर्निर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा काष्ठमण्डप सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय अझै अन्योलमै छ । २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको उक्त सम्पदाको पुनर्निर्माण सम्पन्न गरी काष्ठमण्डप पुनर्निर्माण समितिले गत असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाइसकेको छ ।

महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ ९शाक्य० का अनुसार पुनर्निर्माण समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदाविज्ञसहितको टोलीले अध्ययन गर्ने काम भइरहेको छ । प्रतिवेदन अध्ययन सकेसँगै उक्त सम्पदा सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने यकिन हुन्छ ।

२०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको निर्णयबाट तत्कालीन प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समिति गठन भएको थियो ।

उक्त सम्पदा निर्माणका लागि २०७५ जेठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम गर्ने र खर्च काठमाडौँ महानगरपालिकाले बेहोर्ने निर्णय ग¥यो । यसको चार दिनपछि अर्थात् जेठ २९ गते महानगरपालिका र समितिबिच सम्झौता भएको थियो ।

सम्झौता भएकै दिन काम थालनी गर्न समितिलाई ५० लाख रुपियाँ प्रदान गरिएको थियो । त्यसपछि महानगरले समितिलाई २०७५ असोज २७ गते पाँच करोड, २०७६ माघ ९ गते पाँच करोड र २०७८ असार १६ गते एक करोड रुपियाँ उपलब्ध गराएको थियो ।

क्षति भएको उक्त सम्पदा पुनर्निर्माणका लागि महानगरले उपलब्ध गराइएको ११ करोड ५० लाख रुपियाँ खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ ।

काष्ठमण्डपलाई खुला गरी नियमित सञ्चालन र संरक्षण गर्न, काष्ठमण्डपलाई भौतिक रूपमा जिम्मेवारी स्वीकार गर्न पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले महानगरलाई आग्रह गर्नुभएको छ ।

पुनर्निर्माणका क्रममा भएको सम्पूर्ण विवरणसहित निर्माणको समयमा विभिन्न क्षेत्रबाट गरिएको अवलोकन भ्रमण, प्राविधिक प्रतिवेदनसमेत महानगरलाई बुझाइएको प्रतिवेदनमा उल्लेख छ ।

काष्ठमण्डपलाई भत्किनुअगाडिकै स्वरूपमा निर्माण गरी २०७८ चैत २१ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरिसक्नुभएको हो ।

gold
himalayan life insurance long ad