sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

राष्ट्र ऋण उठाउने विधेयक २०७७ संसदबाट पारित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले अर्थ मन्त्री डा. युवराज खतिवडाले पेश गरेको राष्ट्र ऋण उठाउने विधेयक २०७७ बहुमतले पारित गरेको छ ।

बैठकले ५ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ राष्ट्र ऋण उठाउने गरी सरकारले ल्याएको विधेयकलाई बहुमतले पारित गरेको हो । विधेयकमाथि दफावार छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै अर्थ मन्त्री खतिवडाले जवसम्म कुल गार्हस्थ उत्पादनको ३० प्रतिशत भन्दा बढी राजस्व उठ्दैन तबसम्म ऋणमा भर पर्नुपर्ने अवस्था रहिरहने बताए ।

अर्थ मन्त्री डा. खतिवडाले सरकारको खर्च नै कुल गार्हस्थ उत्पादनको एक तिहाई रहेकाले ऋण उठाउनैपर्ने बाध्यता रहेको बताए । छलफलमा सांसदहरुले देशको सञ्चालन खर्च समेत ऋण उठाएर गर्न नहुने भन्दै संशोधनको प्रस्ताव राखेका थिए ।

gold
nawakantipur long