stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ‘एक खाता, एक विरुवा’ अन्तर्गत टोखा नगरपालिकामा वृक्षारोपण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले एनआईएमबी ग्रिन फ्युचर सेभिङ अकाउन्ट अन्तर्गत ‘एक खाता, एक विरुवा’ अभियानद्घारा वृक्षारोपण कार्यक्रम सुरु गरेको छ ।

बैंकले प्रत्येक एनआईएमबी ग्रिन फ्युचर सेभिङ अकाउन्ट खाता खोल्ने ग्राहकको नाममा एक विरुवा रोप्ने र त्यसको संरक्षण गर्ने बताएको छ ।

बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका वडा नम्बर २ मा ५०० वटा विरुवा रोपी यस अभियानको सुरुवात गरेको हो ।

वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष बासु गौतम, टोखा नगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडाका जनप्रतिनिधीहरु, महिला स्वयंसेविकाहरु तथा सशस्त्र प्रहरी निरीक्षक सन्तोश के।सी। र वहाँका प्रहरी बलको उपस्थिति थियो ।

यस खाताको मुख्य उद्देश्य ग्राहकवर्गहरुलाई भविष्यका लागि बचत गर्न प्रत्साहित गर्नुका साथसाथै वातावरण संरक्षणमा पनि योगदान पु¥याउनु रहेको छ ।

५०० रुपैयाँमा खोल्न सकिने यस खातामा ग्राहकवर्गहरुले आकर्षक ब्याजदर, ग्रिन पिन कार्ड सुविधा, निःशुल्क चेक बुक, प्रथम वर्षका लागि निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ सुविधा उपलब्ध गर्न सक्ने बैंकले जनाएको छ ।

साथै बैंकले ग्राहकवर्गहरुलाई इको फेन्डली लोन लाई प्राथमिकतामा राखि प्रोसेसिङमा २५ प्रतिशत छुट समेत दिने जनाएको छ ।

prabhu mahalaxmi
kumari