citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ज्योति विकास बैंकको नाफा ह्वातै घट्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ज्योति विकास बैंकको खुद नाफा ह्वातै घटेको छ ।

यसअवधिमा नाफा ४९.२५% ले घटेर ५ करोड ८ लाख २ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १० करोड ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी सामान्य घटेको छ भने सञ्चाल नाफा पनि ह्वातै घटेको छ । यसले नाफा प्रभावित बनाएको हो ।

खुद ब्याज आम्दानी ३.७५% ले घटेर ५७ करोड ३९ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ४९.२५% ले नै घटेर ७ करोड २५ लाख ७५ हजार रुपैयाँमा झरेको छ ।

असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ छ ।

यता, प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ७६ पैसाले घटेर ४ रुपैयाँ ६२ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७० पैसा छ ।

himalayan life insurance
igi long