सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा
असोजसम्म बैंकको निक्षेप संकलन १.५२% ले घट्दा कर्जा लगानी भने ३.०३% ले बढेको छ ।

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत वर्षको भन्दा १५.८२% ले थोरै हो । गत वर्ष बैंकले ५ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ८.६८% र सञ्चालन नाफा पनि १४.४६% ले घटेको छ । यसले गर्दा नाफा प्रभावित भएको छ । असोजसम्म बैंकको निक्षेप संकलन १.५२% ले घट्दा कर्जा लगानी भने ३.०३% ले बढेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २६ करोड रुपैयाँ र रिजर्भ कोषमा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।
यसको खराब कर्जा २.२७% बाट बढेर ३.२८% मा भएको छ । सांग्रिलाको प्रतिसेयर आम्दानी घटेर ५ रुपैयाँ ७ पैसामा झरेको छ ।
गत वर्ष प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३६ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७८ पैसा छ ।
१९ कात्तिक २०८०, आइतवार ०८:०२ बजे प्रकाशित