stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा  टिकटक प्रतियोगिता आयोजना गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा टिकटक प्रतियोगिता आयोजना गरेको छ । बैकले युवायुवतीमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दसैंका सामग्री समावेश गरी तयार गरेको गीतमा आफ्नो टिकटक बनाई बैंकले सार्वजनिक गरेका सर्तहरु पूरा गरी टिकटक पेजमा अपलोड गर्नुपर्नेछ ।

प्रतियोगितामा सहभागीमध्ये धेरै लाइक आउने तीन सहभागीलाई क्रमशः प्रथम पुरस्कार ६० हजार, दोस्रो पुरस्कार ३५ हजार र तेस्रो पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिने बैंकले जनाएको छ ।

यो प्रतियोगितामा सहभागी हुन कात्तिक १२ सम्म टिकटक अपलोड गरिसक्नुपर्नेछ ।

prabhu mahalaxmi
kumari