macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

बेष्ट फाइनान्सले सुरु गर्यो अनलाईन एकाउन्ट ओपनिङ सेवा

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले अनलाईन एकाउन्ट ओपनिङ सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैकबाट ग वर्गको इजाजत प्राप्त उक्त कम्पनीले बिहीबारदेखि स्तरोन्नतिसहितको यो अनलाईन एकाउन्ट ओपनिङ सेवा सञ्चालनमा ल्याएको हो ।

देश र विदेशमा रहेका नेपालीहरुलाई खाता खोली बैकिङ काराबार गर्न अनलाईन एकाउन्ट ओपनिङ सेवा प्रदान गर्दै आएकोमा थप वित्तीय सेवासहित सो सेवालाई स्तरोन्नति गरी अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको कम्पनीले जनाएको छ ।

यस सेवाको सुरुवात भएपछि ग्राहकहरुले सहज तथा सरल तरिकाले बचत तथा मुद्धती खाता खोल्न सक्नेछन । साथै भिडियो केवाईसी मार्फत ग्राहक पहिचान गरी सम्पूर्ण कारोबार गर्न सकिने बताइएको छ ।

केवाईसी अध्यावद्यिक नभएका ग्राहकहरुले अनलाइर्नमार्फत केवाईसी अध्यावद्यिक गर्न सक्ने सुविधासमेत रहेको कम्पनीले बताएको छ ।

२६ असोज २०८०, शुक्रवार १८:३४ बजे प्रकाशित

NTA long ad