stcnepal long ad
global ime bank long

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको दबाब परीक्षणका लागि नयाँ निर्देशिका जारी गर्यो 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थार पूर्वाधार विकास बैंकको दबाब परीक्षणका लागि ‘स्ट्रेस टेस्टिङ गाइडलाइन्स, २०२३’ जारी गरेको छ ।

उक्त निर्देशिकाले यसअघिको ‘स्ट्रेस टेस्टिङ गाइडलाइन्स, २०१२’ लाई प्रतिस्थापन गर्ने राष्ट्र बैंकले जानकारी गराएको छ । दबाब परीक्षणले भविष्यमा देखा पर्नसक्ने प्रतिकूल परिस्थितिहरुमा बैंकहरुले कत्तिको लचिलोपन देखाउँछन् भन्ने जानकारी दिन्छ ।

राष्ट्र बैंकले पहिलो पटक सन् २०१२ मा बैंकहरुको दबाब परीक्षणका लागि निर्देशिका जारी गरेको थियो । उक्त निर्देशिका नेपाली बैंकिङ उद्योगमा दबाब परीक्षण गर्ने अभ्यास स्थापना गर्न चालिएको पहिलो पहल रहेको राष्ट्र बैंकको भनाई छ ।

यद्दपि, त्यसयता बैंकिङ क्षेत्र पुँजीको आकार, सम्पतिको आकार र शाखा सञ्जालको सन्दर्भमा तीव्ररुपमा विकसित भएका छन् ।

साथै, बैंकहरुले प्रदान गर्ने सेवा र प्रोडक्टहरु पनि धेरै हदसम्म परिवर्तन भएको र सूचना प्रविधिमा निर्भरता बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ । त्यसैगरी, विभिन्न साइबर आक्रमणले बैंक तथा वित्तीय संस्थालाई सूचना सुरक्षामा आफ्नो स्रोत परिचालन गर्न बाध्य बनाएको छ ।

यी सबै कारणहरुले गर्दा नयाँ निर्देशिका जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।निर्देशिकाले दुई तरिकाबाट दबाब परीक्षण गर्न आधार बनाउने राष्ट्र बैंकको भनाई छ ।

पहिलो बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएको तथ्यांकका आधारमा राष्ट्र बैंकले दबाब परीक्षण गर्नेछ ।

दोस्रो, प्रत्येक बैंक र वित्तीय संस्थाहरुले दबाब परीक्षणहरु सञ्चालन गर्न र राष्ट्र बैंकलाई रिपोर्ट गर्न आफ्नै दबाब परीक्षण मोडेल विकास गर्नुपर्छ ।

बासेल समितिले ‘दबाब परीक्षण सिद्धान्त, २०१८’ मा तोकेका सिद्धान्तहरु नेपाली बैंकिङ उद्योगका लागि पनि उत्तिकै सान्दर्भिक रहेकाले सोही सिद्धान्त स्ट्रेस टेस्टिङ गाइडलाइन्स, २०२३ मा अपनाइएको राष्ट्र बैंकले जानकारी गराएको छ ।

IME Lifesidebar
kumari